९५ र ९१ गोल भएको खेलको कडा अनुसन्धान गर्दै सियरा लियोन फुटबल संघ
काठमाडौं । दक्षिण अफ्रिकी लियोन फुटबल संघले देशको शिर्ष डिभिजनका दुई खेलमा ९५–० र ९१–१को नतिजामा सकिएको खेललाई अव्यवहारिक भएको भन्दै कडा अनुसन्धान गरिरहेको छ ।
आश्चर्यजनक नतिजा आएपछि ‘इस्टन रिजन सुपर १० लिग’का खेलाडी र अफिसियलहरुको कडा रुपमा खोजी भइरहेको छ । उक्त खेलमा कहुला रेन्जर्सले लुम्बेनबु यूनाइटेडलाई ९५–० को नतिजामा र गल्फ एफसीले कोक्यूमा लेबाननलाई ९१–१ गोलको नतिजाम पराजित गरेको थियो ।
‘कुनैपनि म्याच फिक्सिङविरुद्ध ‘शून्य सहनशीलता’ नीति रहेको र यसमा संलग्न जो कोहिलाई कानुन बमोजिम कडा कारबाही हुनेछ’ सियरा लियोनलले विज्ञप्ति जारी गर्दै बताएको छ ।
हाल चलिरहेको ‘इस्टन रिजन सुपर १० लिग’मा गल्फ एफ्सीविरुद्ध कोक्युमा लेबानन र लुम्बेन्बु यूनाइटेड र रेन्जर्सबीचको खेलमा शिर्ष डिभिजनमा आएको अप्रत्यासित नतिजाको सियरा लियोनले आधिकारिक अनुसन्धान थालेको कुरा विज्ञप्तिमा उल्लेख गरेको छ ।