टेस्ट क्रिकेटमा भारतविरुद्ध इङ्ल्यान्डले भेट्यो ३७८ रनको लक्ष्य – Nepal Press

टेस्ट क्रिकेटमा भारतविरुद्ध इङ्ल्यान्डले भेट्यो ३७८ रनको लक्ष्य

लन्डन । भारतविरुद्ध घरेलु मैदानमा भिडिरहेको इङ्ल्यान्डले पहिलो टेस्टमा ७ विकेटको जित हात पारेको छ ।

३ सय ७८ रनको लक्ष्य इङ्ल्यान्डले पाँचौँ तथा अन्तिम दिन ३ विकेटको क्षतिमा पुरा गरेको हो । इङ्ल्यान्डका जोए रुट एक सय ४२ र जोनी बेयर्स्ट एक सय १४ रनमा अविजित रहे ।

यी दुईबीच चौथो विकेटका लागि २ सय ६९ रनको साझेदारी भयो । पहिलो विकेटका लागि एक सय ७ रनको साझेदारी गरेको इङ्ल्यान्ड थप दुई रन जोड्दा दुई विकेट गुमाएपछि दबाबमा आएको थियो । तर अनुभवी रुट र बेयर्स्टले शानदार पाली खेले ।

पहिलो पालीमा ४ सय १६ रन जोडेको भारत दोस्रो पालीमा २ सय ४५ रन जोडेर अलआउट भएको थियो । इङ्ल्यान्डले पहिलो पालीमा २ सय ८४ रन जोडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर