नेप्से ४६ अंकले घट्यो – Nepal Press

नेप्से ४६ अंकले घट्यो

काठमाडौं । सेयर बजार केही दिनदेखि निरन्तर ओरालो लागिरहेको छ । आज पनि बजार ४६.८ अंकले बजार घट्दा नेप्से परिसूचक २०३०.५९ बिन्दुमा आएको छ ।

आज २ अर्ब ९६ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । २ सय २९ वटा कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीवाईसी लघुवित्त कम्पनीको १० प्रतिशत सेयर मूल्य वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *