एनआईबिएल एस क्यापिटलले दुई हजारमा डिम्याट र मेरोशेयर नविकरण गर्ने – Nepal Press

एनआईबिएल एस क्यापिटलले दुई हजारमा डिम्याट र मेरोशेयर नविकरण गर्ने

काठमाडौं । एनआईबिएल एस क्यापिटलले २ हजार शुल्कमा आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने भएको छ । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले सो योजना ल्याएको थियो ।

नयाँ वर्ष २०७९ को अवसरमा लगानीकर्ताहरु माझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गतेसम्म ७९ दिनको लागि लागू गरिएको थियो । अतः सो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको छ ।

क्यापिटलले उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै २ हजारमा आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको भने म्याद गरेर २०७९ साल असार ३२ गतेसम्म पुर्याएको छ ।

नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई लागू हुने यस योजनामा सहभागी भई डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुतm हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *