सूचना माग्नेलाई अर्थ मन्त्रालयको जवाफ- जेठ १४ गतेको सीसीटीभी फुटेज डिलिट भयो – Nepal Press

सूचना माग्नेलाई अर्थ मन्त्रालयको जवाफ- जेठ १४ गतेको सीसीटीभी फुटेज डिलिट भयो

काठमाडौं । अर्थ मन्त्रालयले बजेट भाषणभन्दा अघिल्लो रातिको सिसिटिभी फुटेज मेटिएको जवाफ दिएको छ ।

उपभोक्त हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले सूचनाको हक प्रयोग गरी मागेको प्रश्नको जवाफदिने क्रममा मन्त्रालयले मन्त्रालयमा जडान भएको सीसीटीभी फुटेजको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र फुटेज अभिलेखमा रहने जनाएको छ ।

त्यसपछि पहिलेको अभिलेख क्रमशः मेटिने जाने मन्त्रालयको जवाफमा उल्लेख रहेको छ । पौडेलले अनधिकृत व्यक्ति बजेटभन्दा अघिल्लो रात मन्त्रालयमा प्रवेश गरेर करका दर हेरफेर गरेको सन्दर्भमा त्यस दिनको सीसीटीभी फुटेज माग गरेका थिए ।

प्रमुख विपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै संसदमा समेत आवाज उठाएको थियो । तर, अर्थमन्त्रीले सीसीटीभी फुटेज एमालेलाई किन देखाउने ? भन्दै आवश्यक ठाउँमा देखाउने बताएका थिए । जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थमन्त्रीले मन्त्रालयमा बोलाएर करका दर र राजश्व नीति हेरफेर गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *