पोष्टर रिलिजपछि बढ्यो ‘२ नम्बरी’को माग, विदेशमा बिक्री सुरु – Nepal Press

पोष्टर रिलिजपछि बढ्यो ‘२ नम्बरी’को माग, विदेशमा बिक्री सुरु

काठमाडौं । कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘२ नम्बरी’ को विदेशमा माग बढेको छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशमा फिल्म बिक्री भैसकेको छ ।

यो फिल्म कार्तिक ४ गते नै दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डन लगायतका देशमा रिलिज हुने पक्का भएको छ । यो फिल्मलाई निप फिल्मस्का लागि रमेश ढकालले किनेका हुन् ।

अन्य देशमा पनि फिल्मको लागि कुरा भैरहेको किरणले जानकारी दिए । दुई साथीको मित्रताको कथामा बनेको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा, दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन लगायतका कलाकारको अभिनय छ ।

किरणले भने–‘फिल्मको फस्टलुकले दर्शकको मन जितिरहेको छ । यसैले, विदेशमा पनि फिल्म धमाधम विक्री हुन थालेको छ ।’ सौगात र दयाका फिल्मले ओभरसिजमा राम्रो व्यापार गर्ने भएकाले पनि बिक्री सुरु भएको बुझ्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *