उद्योग वाणिज्य संघ लहानमा शारडाको प्यानलै विजयी – Nepal Press

उद्योग वाणिज्य संघ लहानमा शारडाको प्यानलै विजयी

जनकपुरधाम । जिल्ला उद्योग वाणिज्य संघ लहान, सिरहाको अध्यक्षमा विकास शारडाको प्यानलै विजयी भएको छ ।

आज विहान सार्वजनिक भएको मतपरिणाम अनुसार १ हजार ५२७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी पशुपति साहले मात्र १ हजार ३०१ मत पाए ।

यस्तै प्रथम उपाध्यक्षमा शत्रुधन प्रसाद चौधरी, द्वितीय उपाध्यक्षमा रामभजन पंजियार, महासचिवमा श्याम गुप्ता, कोषाध्यक्षमा रामउदगार महतो र सचिवमा प्रदिप कुमार गुप्ता विजयी भएका छन् ।

यस्तै संघको सदस्यहरुमा मनोज कुमार साह (क), बद्री नारायण चौधरी, वैजनाथ साह सुडी, रबिन्द्र कुमार श्रेष्ठ, अमरनाथ साह तेलि, मनोज कुमार महतो र मखबुल आलम भएका छन् ।

संघको महिला सदस्यमा खुश्वु जयसवाल र रितादेवी यादव विजयी भएकी छन् ।

नेपाली कांग्रेससंग आवद्ध शारडा सुनचांदी व्यावसायी हुन् । उनको प्यानलै विजयी भएपछि लहानमा विजयी जुलुस निकालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *