नेपालले ओन्टारियोसँग अभ्यास खेल खेल्ने
काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपली क्रिकेट टीमले आज स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ । खेल नेपाली समयअनुसार साँझ ८ः४५ बजे सुरु हुनेछ ।
स्कटल्यान्डमा हुने आईसीसी पुरुष विश्वकपको लिग–२ को तयारीका लागि नेपाली टीम क्यानाडा भ्रमणमा छ । ओन्टारियोसँगको अभ्यास खेलपछि नेपालले क्यानाडासँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । एकदिवसीय खेल जुलाई ४ र ५ मा हुनेछ ।
त्यसपछि नेपाली टीमले नामिबिया सम्मिलित एकदिवसीय शृङ्खला जुलाई ११ देखि १७ सम्म स्कटल्यान्डमा खेल्नेछ ।
नेपाली टीम
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, करण केसी, आदिल अन्सारी, बसिर अहमद, पवन सर्राफ, विनोद भण्डारी, किशोर महत्तो