तेस्रो नेपाल ई-स्पोर्टस् च्याम्पियनसिप असार २३ देखि – Nepal Press

तेस्रो नेपाल ई-स्पोर्टस् च्याम्पियनसिप असार २३ देखि

काठमाडौं । तेस्रो नेपाल ई-स्पोर्टस च्याम्पियनसिप असार २३-२५ मा सञ्चालन हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलनमार्फत आयोजक नेपाल ई-स्पोर्टस संघले पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको र तेस्रो संस्करण गर्न लागिएको जानकारी दिएको छ ।

छोटो समयमा नै विश्वका युवाहरू माझ लोकप्रिय बनेको ईस्पोर्टस् खेल नेपालमा पछिल्लो समय युवामाझ निकै रुचाइएको छ ।

थापाथलीस्थित एपी १ को स्टुडियोमा आयोजना हुने च्याम्पियनसिपमा डोटा २ , सिएस गो, एमएलबिबी , टेकेन ७ र पब्जी गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

संघका अध्यक्ष सुरज डङ्गोलले च्याम्पियनसिपका प्रतियोगिताहरू सञ्चालन भइसकेको र असार २३ गते देखि फाईनल खेलहरू खेलाइने बताए । जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरूले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ्ग, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरु, एमएलबिबीमा १७ स्क्वाडका १०५ खेलाडीहरूले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरु रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा २८४ खेलाडीहरुविच प्रतिस्पर्धा भईरहेको र १६ स्क्वाडका विच आषाढ १६ गते सम्म सेमिफाईनलका प्रतिस्पर्धा भइरहेको अध्यक्ष डङ्गोलले जनाएका छन् ।

च्याम्पियनसिप इन्डोनेसिया बालीमा आयोजना हुने १४औं विश्व ई-स्पोर्टस् च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगितासमेत रहेको छ । विजयी खेलाडी तथा टिमले दक्षिण एशियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर