अस्ट्रेलिया टूरमा जाने नेपाली क्रिकेट टीमको तयारी – Nepal Press

अस्ट्रेलिया टूरमा जाने नेपाली क्रिकेट टीमको तयारी

काठमाडौं । नेपाली क्रिकेट टीमले अस्ट्रेलियामा मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाली टीम सेप्टेम्बर अन्तिममा अस्ट्रेलियाको भ्रमण गर्ने तयारीमा रहेको जानकारी दिए ।

क्यानले अस्ट्रेलियाको इम्पायर स्पोर्टसले नेपाली टीमको सबै खर्च र त्यहाँका स्टेट टीमहरुसँग मैत्रीपूर्ण खेलको व्यवस्था गर्नेबारे छलफल अघि बढाएको मल्लले नेपालप्रेससँग बताए ।

नेपाली टीम स्कटल्यान्डमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजको तयारीका लागि क्यानाडा भ्रमणमा छ ।

स्कटल्यान्डको सिरिजपछि नेपालमा प्रशिक्षण गर्न मौसम अनुकूल नहुने भएकाले नेपाली टीम अस्ट्रेलिया जाने तयारीमा रहेको क्यानका महाप्रबन्धक वृतान्त खनालले बताए ।

‘खेलबारे मिति तय भएको छैन । नेपाली टीम अस्ट्रेलिया पठाउने तयारीमा लागेका छौं । चाँडै सबै जानकारी गराउँछौं’, खनालले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *