एन्फाका नवनिर्वाचित पदाधिकारीले भेटे प्रधानमन्त्री – Nepal Press

एन्फाका नवनिर्वाचित पदाधिकारीले भेटे प्रधानमन्त्री

काठमाडौं। अखिल नेपाल फुटबल संघ(एन्फाको नवनिर्वाचित कार्यसमितीका पदाधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवाले एन्फा पदाधिकारीलाई बधाई र शुभकामना दिएका थिए। उनले फुटबलको विकाशमा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

‘फुटबलको विकाशमा तपाईहरुलाई सरकारको सँधै साथ रहने छु,’ प्रधानमन्त्री देउवाले भने। गत साता सम्पन्न एन्फा निर्वाचनमा पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए। एन्फा कार्य समितीको कार्यकाल चार वर्षको रहन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *