काठमाडौं महानगरको नीति-कार्यक्रम नगरसभाबाट पारित – Nepal Press

काठमाडौं महानगरको नीति-कार्यक्रम नगरसभाबाट पारित

काठमाडौं । काठमाडौं महानगरपालिले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगर सभाले पारित गरेको छ ।

आज बसेको नगरसभा बैठकमा छलफलपश्चात् नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।

महानगरका मेयर बालेन्द्र साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बैठक डाकिएको थियो । बैठकमा उठेका प्रश्न तथा सुझावहरुहरुबारे मेयर साहले जवाफ दिएका थिए ।

उनले प्राप्त सुझाव र प्रतिक्रियालाई यथासम्भव समावेश गर्ने गरी संशोधित नीति तथा कार्यक्रम पारित गर्न आह्वान गरे ।

ध्वनीमतका आधारमा प्रस्तावका पक्ष र विपक्षमा मतदान गर्न आह्वान गरिएको थियो । अधिकांश सदस्यहरूले ‘हुन्छ’ भनेका थिए । हुन्न भन्ने आवाज सुनिएन ।

यसका आधारमा मेयर साहले संशोधित नीति कार्यक्रम पास भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *