दोर्दीखोलाको आइपीओ बाँडफाँड – Nepal Press

दोर्दीखोलाको आइपीओ बाँडफाँड

काठमाडौं । दोर्दीखोला जलविद्युत कम्पनीले आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो ।

मेरो शेयर, विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र सिडीएसले आइपीओको लागि सञ्चालन गरेको वेबसाइट गएर आफूलाई परे नपरेको हेर्न सकिन्छ ।

जेठ २६ गतेदेखि जेठ ३१ गते गतेसम्म सर्वसाधारणलाई २१ लाख ९५ हजार ५ सय ९ कित्ता सेयर निष्कासन गरेको थियो ।

जस मध्ये ६५ हजार ८ सय ६५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई, १ लाख ९ हजार ७ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई र २० लाख १९ हजार ८ सय ६९ कित्ता सेयर लागि छुट्याइएको थियो ।

आइपीओमा १४ लाख ७१ हजार ६ सय ६५ जनाबाट १ करोड ६३ लाख ९७ हजार १ सय १० कित्ताको लागि आवेदन परेकोमा थियो ।

आवेदन परेकाहरू मध्ये ८ सय ८२ जनाको आवेदन रद्द भएको छ । आवेदन परेकाहरूको गोला प्रथाबाट २ लाख १ हजार ९ सय ८६ जनाले मात्र सेयर पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *