रिलायन्स लाइफ इन्स्योरेन्सको सुनिश्चित प्रतिफल योजना, यस्ता छन् आकर्षक विशेषता (सूचीसहित) – Nepal Press

रिलायन्स लाइफ इन्स्योरेन्सको सुनिश्चित प्रतिफल योजना, यस्ता छन् आकर्षक विशेषता (सूचीसहित)

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले फिर्ता सुनिश्चितता (ग्यारेन्टेड रिटर्न) सहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ प्रचलनमा ल्याएको छ ।

मंगलबार आयोजित एक समारोहबीच सार्वजनिक यो बीमा योजना सोही दिनदेखि प्रचलनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले जानकारी दिए ।

यो बीमा योजनाअन्तर्गत बीमितले आफ्नो आवश्यकताअनुसार बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । साथै सीमित समयको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर रक्षावरण पाउन सक्ने पोखरेलले बताए । यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, ‘रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो उद्देश्य उत्कृष्ट योजना र सेवा प्रदान गर्ने हो र सोहीअनुरुप ‘मेरो सुनिश्चित बीमा योजना’ नेपाली जीवन बीमा बजारमा अहिलेसम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट ल्याइएको हो ।’

यो बीमा योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभूत बीमा शुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभूत बीमा शुल्कको २ दशमलब ५ गुणा प्रतिफल ग्यारेण्टीका साथ पाइने कम्पनीले जनाएको छ । यस बीमालेखमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पूरक करार सुविधाहरु समेत लिनसक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यस्ता छन् बीमा योजनाको विशेषताहरु

  • यस योजनाको १६ वर्षको बीमालेखमा आधारभूत बीमा शुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभूत बीमा शुल्कको २.५ गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइन्छ ।
  • अन्य बीमा गराउँदा बीमाङ्क रकमअनुसार बीमा शुल्क तय हुन्छ भने यो बीमा योजनामा बीमितले आफ्नो इच्छाअनुरुप तय गरिएको बीमा शुल्कको आधारमा बीमाङ्क रकम कायम गर्न सकिन्छ ।
  • बीमा अवधिभन्दा कम समय बीमा शुल्क भुक्तानी गरी ढुक्क हुन सकिन्छ ।
  • बोनस कुन वर्ष कति भन्ने झन्झट लिनै पर्दैन ।

मृत्यु भएमा

  • यदि बीमा अवधि बाँकी रहँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाइएको व्यक्तिलाई जम्मा भुक्तानी गरेको आधारभूत बीमा शुल्कको न्यूनतम २ गुणादेखि अधिकतम २.५ गुणासम्म रकम भुक्तान गरिनेछ ।
  • यो बीमा योजाना, १६ वर्षदेखि ४४ वर्ष उमेरसम्मको व्यक्तिले लिन सकिनेछ ।
  • यो बीमा समाप्ति उमेर ६० वर्ष हुनेछ ।
  • यो बीमा योजनामा बीमा अवधि १६ वर्ष र २० वर्ष हुनेछ । १६ वर्ष बीमा अवधिमा जम्मा ५ वर्षसम्म मात्र बीमा शुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा ७ वर्षमात्र बीमा शुल्क तिरे पुग्नेछ ।
  • यो बीमा योजनाअन्तर्गत बीमा शुल्क भुक्तानी वार्षिक हुनेछ ।

अतिरिक्त सुविधाहरु

माथि उल्लेखित सुविधाहरुका अतिरिक्त यस बीमालेखमा न्यून थप बीमा शुल्क तिरेर अतिरिक्त पूरक करार सूविधाहरुमा दुर्घटना मृत्यु, पूर्ण स्थायी अशक्तता, बीमा शुल्क छुट, घातक रोगहरुविरुद्धको रक्षावरण सुविधाहरु पनि लिन पाइनेछ ।

कर्जा सुविधा

बीमितले यस बीमा योजनामा सहभागी भएको ३ वर्ष अवधि पूरा भई ३ वर्षको बीमा शुल्क तिरिसकेपछि सो बीमालेख धितो राखी सर्मपण मूल्यको ९० प्रतिशतसम्म ऋण लिन पनि सक्नेछन् ।

योग्यता

यो बीमा योजनामा सहभागी हुन न्यूनतम बीमा शुल्क रु २५ हजार रहेको छ भने अधिकतम बीमा शुल्क रकम भुक्तानी क्षमतामा निर्भर रहेनछ । न्यूनतम र अधिकतम बीमाङ्क रकम भने बीमा शुल्कको आधारमा तय हुनेछ ।

उदाहरणको लागि यदि २५ वर्षको व्यक्तिले २० वर्षको बीमा अवधि राखी रु १ लाख रुपैयाँ वार्षिक बीमा शुल्क ७ वर्षसम्म रु ७ लाख तिर्छ भने १७ लाख ५० हजार बराबरको जोखिम बहन हुनेछ । बीमा परिपक्व भएपछि आधारभूत बीमा शुल्कको अढाई गुणा सुनिश्चित प्रतिफल रु. १७ लाख ५० हजार प्रदान गरिनेछ ।

थप न्यून बीमा शुल्क १४ हजार ८४० रुपैयाँ तिरेर अतिरिक्त पूरक करार सुविधाहरु दुर्घटना मृत्यु, पूर्ण स्थायी अशक्तता, बीमा शुल्क छुट र घातक रोगहरुविरुद्धको रक्षावरण पनि लिन पाउनेछन् ।

यस योजनाले बीमितलाई उत्कृष्ट रिटर्न, त्यो पनि ग्यारेन्टीका साथ र उच्च रकमको रक्षावरणसमेत गर्ने भएकाले ग्राहकको लागि योजना अति आकर्षक रहने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *