एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित
काठमाडौं । पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा निर्वाचित भएका छन् ।
सोमबार पार्क भिलेज रिसोर्टमा सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्मा छिरिङ शेर्पालाई ६ मत अन्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारे । नेम्वाङले ४५मत ल्याउँदा शेर्पा ३९ मतमा पाए ।
चार वर्ष अघि अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए ।
पछि कार्यसमितिले चार उपाध्यक्षमध्येबाट नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो ।
अध्यक्षका अर्का प्रत्याशी राजीव पौडेलले एक मत पनि पाएनन् ।