सेयर बजारमा निरन्तर पहिरो, १८ अंकमा झर्‍यो – Nepal Press

सेयर बजारमा निरन्तर पहिरो, १८ अंकमा झर्‍यो

काठमाडौँ । पछिल्लो समय सेयर बजारमा निरन्तर पहिलो गइरहेको छ । ३२ सय अंक पुगेको सेयर बजार १९ सय अंकभन्दा तल झरेको छ ।

आज एकै दिन बजार ४९.३१ अंकले घटेको छ । २.५५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८८४.८१ अंकमा आएको छ ।

१ अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २ सय ३० वटा कम्पनीको ६१ लाख ८६ हजार ९ सय ४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज सबैभन्दा धेरै सेयर मूल्य आँधीखोला लघुवित्त वृद्धि भएको छ । सो कम्पनीको आज १० सेयर मूल्य बढेको हो ।

सबैभन्दा धेरै सेयर कारोबार प्रभु बैंकको संस्थापक सेयर भएको हो । सो बैंकको ११ करोड ८३ लाख बराबरको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *