एनएमबी बैंकले ल्यायो एक लाख राख्दा दुई लाख हुने डब्बल मुद्दती योजना – Nepal Press

एनएमबी बैंकले ल्यायो एक लाख राख्दा दुई लाख हुने डब्बल मुद्दती योजना

काठमडौं । एनएमबी बैंकले आफ्ना व्यक्तिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना ‘एनएमबी डबल मुद्दती’ र ‘एनएमबी जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेको छ ।

‘एनएमबी डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सोभन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ । त्यसैगरी ‘एनएमबी जन्मभूमि डबल मुद्दती योजना’ मा नेपालीहरुले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।

सोही योजना अन्तर्गत एनएमबी बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।

एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *