नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्‍यो ५.२६ प्रतिशत लाभांश – Nepal Press

नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्‍यो ५.२६ प्रतिशत लाभांश

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समिति र नेपाल सरकारले स्वीकृति दिएपछि तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *