‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज – Nepal Press

‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज

काठमाडौं । ‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज हुँदैछ ।

कोरोना महामारीको कारण अघिल्लो २ वर्षमा रोकिएको मिस नेपालको ग्रान्ड फिनाले यसपालि भौतिक उपस्थितिमा ललितपुरको गोदावरीमा आयोजना हुन लागेको हो ।

बेलुका गोदावरीमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीले ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।

८ सय जना सहभागी मध्ये २४ जना फाइनलका लागि छानिएका छन् । ९ वटा सब–टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । यसपटक मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिने छन् ।

आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् । बिजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् ।

 

प्रतिक्रिया

One thought on “‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज

  1. लगन को बेला हगन भने जस्तै हो। देश असफलको सँघार मा पुग्न लागेको होस छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *