निहारिकालाई भेटेर करिश्माले भनिन्- केही दिन मेरो घरमा आएर बस ! – Nepal Press

निहारिकालाई भेटेर करिश्माले भनिन्- केही दिन मेरो घरमा आएर बस !

न्यायको लडाइँमा सघाउने प्रतिबद्धता

काठमाडौं । अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले ‘कुमारी आमा’ निहारिकालाई उनकै डेरामा गएर भेटेकी छिन् ।

निहारिकाको स्वास्थ्य अवस्था बुझ्न र उनलाई न्यायको लडाइँमा एक्लो नरहेको महसुस गराउनका लागि भेट गरेको करिश्माले नेपाल प्रेसलाई जानकारी गराइन् ।

एउटा कलिलो उमेरकी केटीले न्यायको लागि यति ठूलो लडाइँ लडेको देख्दा उनीप्रति उच्च सम्मान जागेको करिश्मा बताउँछिन् ।

‘एक महिला भएको नाताले पनि उनको न्यायको लागि बोल्नु पर्छ भन्ने लागेकाले भेटेन गएको हुँ,’ उनले भनिन्, ‘त्यति सानो बच्चा बोकेर अनशनमा उत्रिएकी छिन्, कस्तो ब्रेभ उमन ?’

अनशन सुरु गरेदेखि नै भेट्न जान मन लागे पनि उनको पिडा देख्न सक्छु जस्तो नलागेर म्यानेजरलाई सहयोग गर्न पठाएको करिश्माले बताइन् ।

‘अहिले वार्ता भएर उनले अनशन तोडेपछि बल्ल अलिक ढुक्क भयो र भेट्न गएकी हुँ,’ उनले भनिन् ।

निहारिकालाई भेट्दा उनलाई आफ्नै छोरी भेटेजस्तै भएको पनि करिश्माको भनाइ छ ।

‘मलाई त आफ्नै छोरी भेटेजस्तो भएको छ । मैले उनलाई केही समय आफ्नो घरमा बस्न आउन पनि भनेकी छु । यत्रो ट्रमासँग जुधिरहेकी निहारिका यस्तो अवस्थामा केही दिन मेरोमा आएर बसिन् भने अलिक रिफ्रेश होलिन् भन्ने लागेर बोलाएकी हुँ,’ उनले भनिन् ।

करिश्माले निहारिकालाई न्याय दिलाउनको निमित्त आफूले हर सम्भव प्रयास गर्ने पनि बताएकी छिन् ।

‘मैले केही सभासदहरु, महिला अधिकारकर्मीहरूसँग पहिल्यैदेखि कुरा गर्दै आएकी छु, उनलाई जसरी भए पनि न्याय दिलाउन पर्छ भन्ने कुरामा कटिबद्ध छु,’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *