नेपालले क्यानाडासँग बाइलाट्रल शृंखला खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानाडासँग दुई खेलको टी–२० अन्तराष्ट्रिय र दुई एकदिवसीयको बाइलाट्रल शृंखला खेल्ने भएको छ ।
बिहिबार नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजानिक गरेको खेल तालिका अनुसार नेपाली टिमले टी–२० शृङखलाको पहिलो खेल जुन २८ र दोस्रो खेलमा जुन २९ मा क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, एकदिवसीय शृंखला जुलाई ४ र ५ मा हुनेछ ।
नेपालले आईसीसी पुरुष विश्वकप लिग–२ अन्र्तगत त्रिदेशीय एकदिवसीय शृंखलाका लागि स्कटल्यान्ड भ्रमण गर्नुअघि क्यानाडासँगको सिरिज खेल्न लागेको हो ।
नेपालले नामिबिया सम्मिलित एकदिवसीय शृंखला जुलाई ११ देखि १७ सम्म स्कटल्यान्डमा खेल्नेछ ।
अहिले नेपाली टिम विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि अमेरिका पुगेको छ । ओमान र घरेलु टिम अमेरिका समावेश त्रिदेशीय शृंखलामा नेपाल एक खेलमा विजयी र दुई खेलमा पराजित भएको थियो । अमेरिकाविरुद्धको एउटा एकदिवसीय टाई भएको थियो ।