नक्सालमा फक्सवागनको सुविधासम्पन्न शाेरुम – Nepal Press

नक्सालमा फक्सवागनको सुविधासम्पन्न शाेरुम

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक बिक्री वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन स्टान्डरको फ्ल्यागशिप शाेरुम खोलेको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न शाेरुम सञ्चालनमा ल्याएको जनाएको हाे ।

कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मीनबहादुर कुँवर र विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल उपस्थिति थियो ।

सोरुम उद्घाटनमा बोल्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक बिजुक्छेंले भने, ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न शाेरुम खोल्न पाउँदा निकै खुसी छौं । यो सोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउनेछ ।’

नयाँ शाेरुम खोलिएको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त शाेरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उनले जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत बिजुक्छेंका अनुसार यो शाेरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनाव मुक्त भै फ्री सर्भिसिङ पाउनेछन् ।

पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ । फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकाले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छ । जसले यसलाई नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको छ । नेपालमा फक्सवागनका १० भन्दा बढी शाेरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *