हालान्ड र एमबाप्पे फुत्किएपछि रियल म्याड्रिडले दियो पीएसजी र म्यान सिटीविरुद्ध उजुरी
पेरिस। स्पेनिस क्लब रियल म्याड्रिडले फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मन-पीएसजी र इङ्ल्यान्डको म्यानचेस्टर सिटीविरुद्ध उजुरी गरेको छ।
युरोपियन फुटबल महासंघ-यूईएफएमा उनिहरुविरुद्ध रियलले उजुरी दिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्। हालसालै म्यान सिटीले एर्लिङ हालान्डलाई भित्र्याएको थियो भने पीएसजीले केलिययन एमबाप्पेसँगको सम्झौता नविकरण गरेको थियो।
यी खेलाडीलाई राख्न दुवै क्लबले नियमविपरित आर्थिक कारोबार गरेको रियल म्याड्रिडको दावी छ। सुरुमा एमबाप्पे भित्र्याउन प्रयाश गरेको रियल म्याड्रिड त्यता असफल भएपछि हालान्डतर्फ केन्द्रित भएको थियो।
तर हालान्ड पनि फुत्किएका हुन्। सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोले छाडेपछि रियल म्याड्रिड लामो समयका लागि रहने गरी भरपर्दा स्ट्राइकरको खोजीमा रहेको छ।