अमेरिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल
काठमाडौं । आईसीसी लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसिय शृङ्खलाको अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ भएको छ ।
ह्स्टनस्थित मोसा क्रिकेट स्टेडियममा केहिबेरमा सुरु हुने खेलका लागि नेपालले टिममा कुनै पनि परिवर्तन गरेको छैन ।
अमेरिकामा जारी त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । भने, दोस्रो खेल अमेरिकासँग टाई भएको थियो । तेस्रो खेलमा नेपालले ओमानमाथि सहज रूपमा जित निकालेको थियो ।
आज हुने अन्तिम खेलमा घरेलु टिममाथि जित निकाल्दै नेपाल शृङ्खलाको सुखद अन्त्य गर्न चाहन्छ ।
नेपालको प्लेइङ–११
कुशल भुर्तेल, आसिफ शेख, रोहिल पौडेल, देव खनाल, दिपेन्द्रसिँह ऐरी, सोमपाल कामी, करण केसी, आदिल अन्सरि, सागर ढकाल, सन्दीप लामिछाने, आरिफ शेख