२९ अंकले घट्यो बजार, १ अर्ब ४९ करोड कारोबार – Nepal Press

२९ अंकले घट्यो बजार, १ अर्ब ४९ करोड कारोबार

काठमाडौं । आज सेयर बजार २९.८९ अंकले घटेको छ । १.५० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६६.३७ अंकमा झरेको हो । पछिल्लो समय निरन्तर सेयर बजार घटिरहेको छ ।

१ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८ सय १७ रुपैयाँको आज सेयर कारोबार भएको छ बराबरको कारोबार भएको हो । २ सय २९ वटा कम्पनीका ४१ लख ८२ हजार ३ सय ६९ कित्ता सेयर खरिदबिक्री भएको हो ।

सेयर बजार घटेको दिन पनि सिवाईसी नेपाल लघुवित्तको र आँधिखोला लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।

सबैभन्दा धेरै सेयर कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । सो कम्पनीको आज १२ करोड ५७ लाख १४ हजार ६ सय बराबरको सेयर खरिदबिक्री भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *