त्रिदेशीय शृङखलाको अन्तिम खेलमा अमेरिकाको सामना गर्दै नेपाल – Nepal Press

त्रिदेशीय शृङखलाको अन्तिम खेलमा अमेरिकाको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ अन्र्तगत त्रिदेशीय एकदिवसिय शृङखलाको अन्तिम खेलमा नेपालले घरेलु टीम अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । तेस्रो खेलमा ओमानलाई सात विकेटको सहज रुपमा पराजित गरेको नेपाल आजको खेलमा घरेलु टीमलाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहान्छ ।

शृङखला अन्र्तगत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक रुपमा टाई भएको थियो ।

हालसम्म नेपाल र आमेरिका ओडीआईमा पाँच खेलमा आमने सामने भएका छन् । जसमा तीन खेल नेपालले जितेको छ भन्, एक खेलमा अमेरिकाले जित निकालेको छ ।

अमेरिका २३ खेलमा १० जित र १२ हारका साथ २१ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । नेपाल १५ खेलमा ७ जित र ७ हारको नतिजासहित १५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

ओमान लिग अन्र्तगत आफ्नो ३६ वटै खेल सक्दै २१ जित र १३ हारको नतिजासहित ४४ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर