रसिद खानलाई पछि पार्दै एकदिवसीयमा सन्दीपको सर्वोत्कृष्ट औसत
नेपाल प्रेस
२०७९ असार १ गते १२:३१
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेले एकदिवसिय बलिङ औसतमा कीर्तिमान बनाएका छन् ।
सन्दीपले एकदिवसिय बलिङमा हालसम्मकै उत्कृष्ट औसत १५.५८ बनाउँदै पहिलो नम्बरमा परेका छन् । उनको इकोनोमी ३.९५ रहेको छ ।
यस्तै, उनले अफगानिस्तानका रासिद खानलाई पछि पारेका छन् ।
रासिद १८.६५ औसत र ४.१६ इकोनोमीका साथ दोस्रो स्थानमा छन् ।तेस्रो स्थानमा वेस्टइन्डिजका जिओल गार्रनर रहेका छन् । उनको औसत १८.६५ रहेको छ भने इकोनोमी ३.०९ रहेको छ ।
सन्दीपले ओडिआईमा २५ खेल खेल्दै ५६ विकेट लिएका छन् भने ८ सय ७३ रन खर्चेका छन् ।
प्रतिक्रिया