हामीले खेल हार्नु आश्चर्यजनक थिएनः सहायक प्रशिक्षक किरण – Nepal Press

हामीले खेल हार्नु आश्चर्यजनक थिएनः सहायक प्रशिक्षक किरण

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टीमका सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपालले  सबै खेल हार्नु आश्चर्यजनक नभएको बताएका छन् ।

उनले मंगलबार राति सम्पन्न एसियन कप छनोट अन्र्तगत अन्तिम खेलमा इन्डोनेसियासँग ७–० को नतिजामा नेपाल पराजित भएपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै सो प्रतिकृया दिएका हुन् ।

‘हामीले खेल हार्यौं त्यो कुनै आश्चर्यजनक थिएन । हामी युवा खेलाडीलाई मौका दिइरहेका छौं । सबै कुरा एकदमै राम्रो भइरहेको थियो । तर, हामीले चाँडै गोल खायौं र सुमन अर्यालले ‘रेड कार्ड’ पाएपछि खेलनै फरक भयो । हामी दबावमा पर्यौं । हाम्रो टीम १० खेलाडीमा सिमित भयौं त्यो फाइदा इन्डोनेसियाले उठायो ।’ उनले भने ।

नेपालले एसियन कप छनोट तेस्रो चरणमा आफ्नो तीनै खेल हार्दै छनोट बाट बाहिरिएको छ । खेलाडी प्रशिक्षक बिवादका कारण टीमका महत्वपूर्ण १० खेलाडीलाई बाहिर राख्दै एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताईरीले नयाँ खेलाडीहरुलाई समावेश गर्दै टिम बनाएका थिए ।

यस छनोट खेलमा नेपाली टीममा अनुभवि खेलाडीहरुको कमि खड्किएको थियो । छनोट अन्र्तगत पहिलो खेलमा जोर्डनसँग २–० गोलको नतिजामा पराजित भएको थियो भने, दोस्रो खेलमा घरेलु टीम कुवेतसँग ४–१ को नतिजामा पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर