इटालीमाथि जर्मनको सहज जित
नेपाल प्रेस
२०७९ असार १ गते ६:३७
काठमाडाैं। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत लिग ए अन्तर्गत मंगलबार राती भएका खेलमा जर्मनीले इटालीलाई ५-२ गोलले हराएको छ।
जर्मनीको जितमा टिमो वेर्नरले दुई तथा थोमस मुलर, जोसुवा किम्मिच र इल्के गुन्डोगानले एक एक गोल गरे। पहिलो हाफमा २-० गोलले अगाडि रहेको जर्मनीले मध्यान्तरपछि ३ गोल थपेको थियो। खेलमा ५-० गोलले पछाडि रहेको अवस्थामा इटालीले दुई गोल फर्काएको हो।
यो नतिजापछि लिग-ए को समूह-३ मा जर्मनी ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रह्यो। इटालीले ४ खेलबाट ५ अंक प्राप्त गर्यो। चार खेलबाट ९ अंक भएको हंगेरी नेसन्स लिगमा पुगेको छ।
प्रतिक्रिया