नेपालमाथि इन्डोनेसियाको ७ गोल
नेपाल प्रेस
२०७९ असार १ गते ६:२३
काठमाडौं। एसिया कप फुटबल छनोटअन्तर्गत तेस्रो चरणमा नेपाल सबै खेलमा पराजित भएर बाहिरिएको छ। कुवेतमा भएको आफ्नो समूहको अन्तिम खेलमा नेपालले बुधबार बिहान इन्डोनेसियासँग ७-० गोलको हार ब्यहोर्यो।
नेपालले यसअघि पहिलो खेलमा जोर्डनसँग २-० र कुवेतसँग ४-१ गोलको हार ब्यहोरेको थियो। पहिलो हाफमा २-० गोलले अगाडि रहेको इन्डोनेसियाले मध्यान्तरपछि ५ गोल थपेको थियो।
प्रतिक्रिया