२ हजारभन्दा पनि तल झर्‍याे बजार, सबै समूह राताम्मे – Nepal Press

२ हजारभन्दा पनि तल झर्‍याे बजार, सबै समूह राताम्मे

काठमाडौं । सेयर बजार आज २ हजार अंकभन्दा पनि तल झरेको छ । सबै समूह राताम्मे भएको हो । सेयर बजार ३६.०७ अंकले घटेकाे छ । १.७८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९६.२६ अंकमा झरेको छ ।

१ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २३२ वटा कम्पनीका ४१ लाख ४७ हजार २५५ कित्ता सेयर खरिदबिक्री भएको हो ।

आँधीखोला लघुवित्तको आज सबैभन्दा धेरै सेयर मूल्यवृद्धि भएको छ । सो कम्पनीको आज ८.१८ प्रतिशतले सेयर मूल्य वृद्धि भएको हो । आज सबैभन्दा धेरै सेयर कारोबार शिवम् सिमेन्टको भएको छ । सो कम्पनीको आज ४ करोड ६७ लाख १८ हजार बराबरको सेयर खरिदबिक्री भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *