एकदिवसीय वरियतामा पाकिस्तान भारतभन्दा अघि – Nepal Press

एकदिवसीय वरियतामा पाकिस्तान भारतभन्दा अघि

काठमाडौं । वेस्टइन्डिज विरुद्धको एकदिवसीय शृङ्खला ३-० ले जितेसँगै पाकिस्तानले भरतलाई एकदिवसीय वरियतामा उछिनेको छ ।

सोमबार आईसीसीले सार्वजानिक गरेको वरियताअनुसार पाकिस्तान चौथो स्थानमा उक्लिएको छ भने भारत पाँचौं स्थानमा रहेको छ ।
वेस्ट इन्डिजसँगको शृङ्खलाअघि पाकिस्तान वरियताको पाँचौं स्थानमा रहेको थियो ।

पाकिस्तानले पछिल्लो दुई वर्षमा एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको छ । एकदिवसीय वरियतामा पहिलो नम्बरमा न्युजिल्यान्ड छ । दोस्रोमा इङल्यान्ड छ भने तेस्रो स्थानमा अष्ट्रेलिया रहेको छ ।

ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा भारतका विराट कोहली रहँदा तेस्रो स्थानमा पाकिस्तानकै इमाम उल हक रहेका छन् ।

नेपाल भने वरियताको १९औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर