आज सुनको मूल्य कति छ ? – Nepal Press

आज सुनको मूल्य कति छ ?

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाली बजारमा आइतबारको तुलनामा सोमबार तोलामा ३०० रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *