क्यानका महाप्रबन्धकले भेटे मेयर बालेन्द्र – Nepal Press

क्यानका महाप्रबन्धकले भेटे मेयर बालेन्द्र

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।

नवनिर्वाचित मेयर र महाप्रबन्धकबीच महानगरमा क्रिकेट प्रबर्द्धन र काठमाडौं मेयर कपको निरन्तरता प्रस्तावबारे छलफल भएको क्यानले जानकारी दिएको छ ।

काठमाडौं महानगरको सहयोगमा क्यानले २०७७ सालमा काठमाडौं मेयर कपको आयोजना गरेको थियो । कोरोना महामारीका कारण त्यसको निरन्तरतामा अवरोध थियो ।

पहिलो संस्करणको मेयर कप क्रिकेट प्रतियोगितामा क्यानले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुगेका चार टीम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र बाग्मती प्रदेशलाई सीधै छनोट गरेको थियो ।

यस्तै, बाँकी ६ प्रदेशबाट खेलाडी छनोट गरेर मेयर-११ नामको टिम बनाउँदै ५ टिमलाई राउन्ड रोबिन पद्धति प्रतिस्पर्धा गराएको थियो ।
जहाँ पुलिस कप विजेता बनोको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर