आजदेखि भक्तपुरमा आर्थिक सम्मेलन – Nepal Press

आजदेखि भक्तपुरमा आर्थिक सम्मेलन

भक्तपुर । भक्तपुरको देकोचामा रहेको ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलन सुरु हुँंदैछ । सम्मेलन भोलि सोमबारसम्म चल्नेछ ।

कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जनाए । दोस्रो दिन चार वटा टेक्निकल सेसन हुने उनले जनाए । पहिलो र दोस्रो दुवै दिन कि नोट स्पिकर रहने उनले जनाए ।

पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा ध्रुबकुमार गौतम र डा रामकुमार फुयाँल र दोस्रो दिन प्राडा आरन स्थापित, डा जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएको छ । सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुति गर्ने छन् ।

सम्मेलनको उद्घा‍टन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *