वित्तीय स्थिति : चालु खाता ५ खर्ब ४५ अर्बभन्दा बढी घाटामा – Nepal Press

वित्तीय स्थिति : चालु खाता ५ खर्ब ४५ अर्बभन्दा बढी घाटामा

शोधनान्तर घाटा ३ खर्ब, मूल्यवृद्धि ८ प्रतिशत पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म (१० महिना) मा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रूपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत साउनयता देशको वर्तमान आर्थिक अवस्था तथा वित्तीय स्थितिमार्फ राष्ट्र बैंकले सो तथ्यांक सार्वजनिक गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो ।

१० महिनाको अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४ अर्ब ५७ करोडले घाटामा रहेको छ ।

वैशाख मसान्तसम्म पुँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई ७ अर्ब ९९ करोड कायम भएको छ । सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भइ १६ अर्ब ६५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ८ करोड रहेको थियो ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो ।

शोधनान्तर घाटा ३ खर्ब, मूल्यवृद्धि ८ प्रतिशत पुग्यो

पछिल्लो समय देशको आर्थिक अवस्था अझ कमजाेर हुँदै गएको छ । नेपालको शोधनान्तर घाटा र मूल्य वृद्धि बढ्दै गएको छ । यसले नेपालको आर्थिक अवस्था झन् कमजोर हुँदै गएको देखाएको छ । नेपाल राष्ट्र बैंकद्वारा आज प्रकाशित तथ्यांकले यस्तो देखाएको हो ।

मूल्यवृद्धि ७.८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा हाल मुद्रास्फीति ३.६५ प्रतिशत थियो । शोधनान्तर घाटा पनि वृद्धि हुँदै गएको छ । शोधनान्तर स्थिति २८८ अर्ब ५० करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँ बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको छ ।

नेपालको मुद्रा सञ्चिती साढे ६ महिनाको लागिमात्रै पुग्ने रहेको छ । नेपालले साढे ६ महिनासम्मको लागि मात्रै वस्तु तथा सेवा आयात गर्न पुग्ने अवस्था रहेको छ ।

गत वर्षको वैशाख महिनासम्ममा कुल वस्तु निर्यात ५९.८ प्रतिशतले वृद्धि भई १ खर्ब ७३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३२.२ प्रतिशतले वृद्धि भएको थियो ।

हालसम्स वस्तु आयात २८ प्रतिशतले बढेर १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २२.३ प्रतिशतले बढेको थियो ।

रेमिटान्स ०.२ प्रतिशतले बढेको छ । हालसम्म ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको आएको छ । अघिल्लो आवको सोही समयमा १९.२ प्रतिशतले वृद्धि भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ को दश महिनाको आयातलाई आधार मान्दा बैकिंङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *