म्याक्स टिभीको घोषणाः देशभरका २०० शाखामा रहेका शौचालय खुला – Nepal Press

म्याक्स टिभीको घोषणाः देशभरका २०० शाखामा रहेका शौचालय खुला

काठमाडौं । केबुल सेवाप्रदायक म्याक्स टिभी नेटले आफ्नो देशभरका शाखा कार्यालयमा रहेका शौचालयहरुलाई पब्लिक बनाउने घोषणा गरेको छ ।

काठमाडौं महानगरपालिकाले रेस्टुरेन्टलगायत विभिन्न व्यवसायका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने अवधारणा लागू गरेसँगै म्याक्सले सो घोषणा गरेका हो ।

म्याक्स टिभीका सञ्चालक ध्रुव शर्माका अनुसार देशभर यसका २ सयजति शाखा कार्यालयहरु रहेका छन् । काठमाडौंमा मात्रै २५ वटा शाखा छन् । सर्वसाधारणको सुविधाका लागि सबै शाखाका शौचालय तत्कालै सार्वजनिक प्रयोगमा ल्याउन लागिएको उनले जानकारी दिए ।

यसवापत उत्पन्न हुने सबै दायित्व आफैंले बहन गर्ने उनको प्रतिवद्धता छ । नवनिर्वाचित मेयर बालेन्द्र साहले सार्वजनिक शौचालयको समस्या समाधानका लागि अघि सारेको यो विकल्पमा विभिन्न क्षेत्रका व्यवसायीहरुले साथ दिइरहेका छन् ।

हिजो मात्रै नबिल बैंकले काठमाडौंमा रहेका शाखाका शौचालय पब्लिक बनाउने विषयमा काठमाडौं महानगरसँग सम्झौता गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *