कैदीबन्दीको पुनःस्थापनाका लागि फुटबल कार्यक्रम सुरु – Nepal Press

कैदीबन्दीको पुनःस्थापनाका लागि फुटबल कार्यक्रम सुरु

काठमाडौं । सेल्टर आश्रय नेपालको आयोजनामा कैदीबन्दीको पुनःस्थापना गर्ने उद्देश्यले बिहीबारदेखि फुटबल कार्यक्रम सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र एसियाली फुटबल महासंघ (एएफसी) को सहयोगमा ४८ कैदीबन्दीलाई खेलाडीको प्रशिक्षण दिने र ३२ जनालाई प्रशिक्षक र रेफ्रीको प्रशिक्षण दिइनेछ ।

कैदीबन्दीको क्षमता अभिवृद्धि गर्नुका साथै समाज पुनःस्थापनाको लागि सहयोग पुग्ने र खेल क्षेत्रमै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम औपचारिक सुरु गरिएको आयोजककी अध्यक्ष खुस्बु ओलीले जानकारी दिएकी छन् ।

सो कार्यक्रममा प्रशिक्षक संजीत सिंह, मनोज रञ्जित, रोजेन श्रेष्ठ, राजकुमार केसीले प्रशिक्षण गर्ने आयोजक सेल्टर आश्रयकी अध्यक्ष ओलीले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर