एउटै खेलमा ४१ आत्मघाती गोल गरेकाे क्लबलाई लगाइयाे आजीवन प्रतिबन्ध – Nepal Press

एउटै खेलमा ४१ आत्मघाती गोल गरेकाे क्लबलाई लगाइयाे आजीवन प्रतिबन्ध

प्रतिबन्ध खेप्ने माटायासी खेलमा माइटी बड्ससँग ५९-१ गोलले पराजित

काठमाडौं । म्याच फिक्सिङ गरेको आरोपमा दक्षिण अफ्रिकाको चौथो श्रेणीका चार फुटबल क्लवमाथि आजीवन प्रतिबन्ध लगाइएको छ । जुन एक क्लवले एउटै खेलमा ४१ आत्मघाती गाेल गरेकाे थियाे ।

अफ्रिकी फुटबल क्लवहरु माटियासी, शिभुलानी डेन्जरस टाईगर्स, कोटोको ह्यापी ब्वाइज र नासामी माइटी बड्सलाई आजीवन प्रतिबन्ध लगाइएकाे हाे ।

तालिकाको शीर्ष स्थानका प्रतिद्वन्द्वीहरू माटियासी फुटबल क्लब र शिभुलानी डेन्जरस टाइगर्सबीचको खेलमा अप्रत्याशित स्कोर देखिएको थियो । जहाँ टाइगर्सले कोको ह्यापी ब्वाइजलाई ३३-१ को नतिजामा पराजित गरेको थियो । माटायासी माइटी बड्ससँग ५९-१ गोलको नतिजामा पराजित भएको थियो ।

‘हाम्रो अनुसन्धानले माटियासी र नासामी मिलेर शिभुलानीलाई रोक्न चाहन्थे । त्यतिबेला शिभुलानी तीन अंकको अग्रता र १६ गोल अन्तरका साथ तालिकाको शीर्ष स्थानमा थियो र शीर्ष लिगमा बढुवा हुने पक्का जस्तै थियो । त्यसैले उनीहरुले यो हुन नदिन म्याच फिक्सिङ गर्ने सहमति गरे’, मोपानी क्षेत्रका अध्यक्ष भिनसेन्ट रामफागोले बीबीसी स्पाेर्ट्स अफ्रिकासँग भने ।

पहिलो हाफमा माटियासीले २२-० को अग्रता लिइरहेको थाहा पाएपछि शिभुलानीले कोटोको ह्याप्पी बोइजसँग मिल्यो । उक्त क्लबका खेलाडीहरू खेल सकिनुअघि नै मैदान छाडेर बाहिर आएपछि उक्त टोलीबाट सात जनाले मात्रै खेले । मैदानबाहिर आएका खेलाडीहरूले आफूहरू थकित भएर खेल्न नसकेको बताएका थिए ।

माटियासीसँगको खेलमा भने रेफ्रीले रातो कार्ड दिएका कारण नासामी ७ खेलाडीमा सीमित भएको थियाे । यसअघि मार्चमा दुइटा टोलीबीच भएको खेलमा स्कोरको अन्तर निकै कम थियो । माटियासीले नासामी माइटी बर्ड्सलाई २-१ ले पराजित गरेको थियो भने शिभुलानी र कोटोकोबीच भएको खेल २-२ गोलको बराबरीमा टुङ्गिएको थियो ।

‘हाम्रो अनुसन्धानमा के देखियो भने माटियासीका कतिपय गोल राम्रोसँग दर्ता पनि भएको थिएनन् किनभने रेफ्रीले आफ्नो रिपोर्ट राम्रोसँग अर्थ्याउन पनि सकेनन्’, रामफागोले थपे, ‘हामीले रेफ्रीले खेलाडी नम्बर २ ले १० गोल गरे, खेलाडी नम्बर ५ ले २० गोल गरे यस्तै अन्य कुराहरुमात्रै लेखेको पायौं । तर, त्यहाँ ४१ आत्मघाती गोल भएको रहेछ । उनले कसरी यस्तो रेकर्ड बनाए ?’

फुटबलको सम्मान छैन

आजीवन प्रतिबन्धमा परेका क्लबहरुबाहेक संलग्न टीमका पदाधिकारीहरुलाई पनि पाँचदेखि आठ सिजनका लागि निलम्बन गरिएको छ ।
‘यी मानिसहरुमा फुटबलका लागि सम्मान छैन, हामी यो फेरि हुन दिने छैनौं’, रामफागोले भने, ‘दुःखको कुरा के छ भने त्यहाँ युवा खेलाडीहरु समावेश छन् किनभने प्रतियोगिताको नियमले प्रत्येक टीममा कम्तिमा २१ वर्षमुनिका पाँच खेलाडीहरुलाई खेलाउनुपर्छ ।’

‘लिग आयोजना गर्नुको हाम्रो मुख्य उद्देश्य भनेको युवा खेलाडीहरुलाई पछि गएर राष्ट्रिय टीममा खेल्नका लागि योग्य बनाउनु हो’, रामफागोले थपे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर