१७ अंकले फेरि घट्यो सेयर बजार, १ अर्ब ४७ करोडको कारोबार – Nepal Press

१७ अंकले फेरि घट्यो सेयर बजार, १ अर्ब ४७ करोडको कारोबार

काठमाडौं । हिजो ६२ अंकले वृद्धि भएको सेयर बजार आज १७ अंकले घटेको छ । अर्थमन्त्रालयले सेयर बजार सुधार सुझाव समिति गठन गरेको दिन सेयर बजार वृद्धि भए पनि आज घटेको हो ।

आज सेयर बजार १७.५८ अंकले घटेको हो । ०.८५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६२.८६ अंकमा आएको छ ।

१ अर्ब ४७ करोड २६ लाख ९० हजार ५ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२९ वटा कम्पनीका ४१ लख ५६ हजार १०४ कित्ता सेयर खरिदबिक्री भएको हो ।

बजार घटेको दिन पनि आज उपकार लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्यवृद्धि भएको हो । सबैभन्दा धेरै सेयर कारोबार कुमारी बैंकको भएको छ । सो बैंकको आज ६ करोड ७४ लाख बराबरको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *