सम्पत्ति शुद्धीकरण व्यवस्थामा संशोधन : उच्च पदस्थलाई निगरानी बढाइने – Nepal Press

सम्पत्ति शुद्धीकरण व्यवस्थामा संशोधन : उच्च पदस्थलाई निगरानी बढाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा संशोधन गर्दै उच्चपदस्थको पनि निगरानी गर्ने भएको छ । आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थामा संशोधन गरेर राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो ।

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले सामान्य र उच्चपदस्थ गरी दुई प्रकारको ग्राहक पहिचान विवरण तयार पारेर राख्नुपर्नेछ ।

राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार वित्तीय क्षेत्रमा जोखिम धेरै र कम भएकाको पहिचान हुने बताइएको छ ।

नेपालमा भ्रष्टाचारमा उच्चपदस्थ व्यक्तिहरू नै बढी जोडिएको पाइन्छ ।

पछिल्लो सयम सिमेन्ट र पर्यटन उद्योगलगायत ४ वटा क्षेत्रमा लगानीको स्रोत नखोजिने भन्ने व्यवस्थाले पनि आतंकवादी क्रियाकलापबाट पनि नेपालमा लगानी हुन सक्ने भनेर निजी क्षेत्रले समेत विरोध गरेको थियो । अब यी सबै कुराको निगरानी हुने भएको हो ।

हेर्नुस्- राष्ट्र बैंकको संशोधित परिपत्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *