महालक्ष्मी बैंकले सार्वजनिक गर्‍याे महालक्ष्मी क्रमिक बचत खाता, १ हजारमा नै मुद्दतीको व्याजदर पाइने – Nepal Press

महालक्ष्मी बैंकले सार्वजनिक गर्‍याे महालक्ष्मी क्रमिक बचत खाता, १ हजारमा नै मुद्दतीको व्याजदर पाइने

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।

मात्र १ हजारमा नै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ को मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा सवामा गाभि एकमुष्ठ रुपमा भुक्तानी गरिने योजना बैंकले बताएको छ ।

यस योजना अन्तर्गत खाता खोल्नु भएका ग्राहकहरुले ५ वर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी क्रमिक बचत खाता खोल्न सक्नेछन् ।

विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी क्रमिक बचत खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *