यू-१९ महिला विश्वकप छनोटमा नेपालको सुखद अन्त्य – Nepal Press

यू-१९ महिला विश्वकप छनोटमा नेपालको सुखद अन्त्य

काठमाडौं । आइसिसी यु- १९ महिला ट्वान्टी २० विश्वकप छनोटको अन्तिम खेलमा मलेसियालाई २५ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रनमात्र बनाउन सक्यो ।

मलेसियाक एल्सा हन्टेरले सर्वाधिक २८ रन बनाइन् । यसबाहेक एैनुर रिधवानले आठ, नुरहसिमा तजुद्दिनले सात र नुर अबेदुल समदले पाँच रन जोडिन् ।

नेपालकी कप्तान कृतिका मरासिनीले दुई विकेट लिँदा मनिषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट ८६ रनको योगफल तयार गरेको थियो ।

नेपालकी अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाइन् । यसक्रममा अन्जलीले ५४ बलको सामना गरेकी थिइन् । यसबाहेक, आश्मा पुलामीले २६ रन बनाइन ।

मलेसियाकी नुर अबेदुल समदले दुई र एल्सा हन्टेरले एक विकेट लिए ।

मलेसियामाथिको जितका बावजुद नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघि पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दा नेपाल दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग भने १० विकेटले पराजित भएको थियो ।

उक्त खेलमा नेपाल ८ रनमा अलआउट भएको थियो । यस्तै तेस्रो खेलमा भुटानलाई चार विकेटले पराजित गरेको नेपाल चौथो खेलमा थाइल्यान्डसँग ४९ रनले पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर