‘घनचक्कर’को नेपालभाषाको प्रोमोसनल गीत सार्वजनिक (भिडिओसहित) – Nepal Press

‘घनचक्कर’को नेपालभाषाको प्रोमोसनल गीत सार्वजनिक (भिडिओसहित)

काठमाडाैं । असार १० गते रिलिजको तयारीमा रहेकाे सिनेमा ‘घनचक्कर’को नेपालभाषाको प्रोमोसनल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्रबीचको प्रेम र पैसा चक्कर देखाइएको छ ।

बिजेन श्रेष्ठको संगीत रहेको गीतमा भुपेन्द्र बज्राचार्यको शब्द रचना तथा स्वर छ । हरि भट्ट र सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको सिनेमामा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई जीतेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् ।

सिनेमामा अनुपम द्विवेदी, अनुपजंग खड्का र सन्तोष सेढाई सहनिर्माता रहेका छन् । सिनेमामा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुसाल, जनक घर्तीमगर, दामोदर पौडेललगायतको पनि अभिनय रहेको छ ।

सुसन प्रजापतिले खिचेको सिनेमामा अर्जुन सिंहको कथा, काजी लिम्बूको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपीन आचार्य र देव कोइमीको संगीत, मित्र डी गुरुङको सम्पादन रहेको छ । सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *