सेयर बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति गठन – Nepal Press

सेयर बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति गठन

काठमाडौं । अर्थमन्त्रालयले सेयर बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति बनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा बनाइएको सुझाव समितिको संयोजक धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी छन् । सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्रबैंकबाट १/१ जना प्रतिनिधि रहने छन् ।

समितिले दिएको सुझावका आधारमा समस्या समाधानको पहल गर्ने अर्थमन्त्री जनार्दशन शर्माले आश्वस्त पारे । त्यस्तै अर्थमन्त्री शर्माले आफुले नेतृत्व सम्हालेदेखि धितोपत्र बजार देखिएका समस्याहरु पहिचान गर्दै सुदृढ गर्ने काम भएको उनको दाबी थियो ।

पछिल्लो समय निरन्तर सेयर बजार ओरालो लागिरहेको बेला मन्त्रालयले समिति गठन गरेको हो । ३२ सय अंकसम्म पुगेको सेयर बजार करिब २ हजार अंकमा झरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *