‘पुष्पा’ का मुख्य खलनायक नीताको चलचित्र ‘ह्रस्व दीर्घ’ मा अनुवन्धित – Nepal Press

‘पुष्पा’ का मुख्य खलनायक नीताको चलचित्र ‘ह्रस्व दीर्घ’ मा अनुवन्धित

काठमाडौं । ब्लकबष्टर दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मालाई नीता ढुंगानाले निर्माण गर्ने चलचित्र ‘ह्रस्व दीर्घ’ मा अनुवन्धित गरिएको छ । यस चलचित्रमा आवद्ध हुने उनी दोस्रो हाइ प्रोफाइल दक्षिण भारतीय अभिनेता हुन् ।

हाइ बजेटमा बन्न लागेको फिल्ममा नीताले यसअघि ‘गजनी’ चलचित्रका खलनायक प्रदिप रावतलाई अनुवन्धित गरिसकेकी छन् ।

सुनील बर्मा पनि जोडिएपछि चलचित्रको स्टारकास्ट दमदार देखिएको छ । सुनीललाई केही दिन अगाडि नै निर्देशक चन्द्र पन्तले विशेष भूमिकाका लागि साइन गराएको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *