वातावरण दिवसमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली – Nepal Press

वातावरण दिवसमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली

काठमाडौं । वातावरण दिवसको अवसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली गरेको छ । जुन ५, २०२२ का दिनमा मनाइने विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले ‘इन्धन वचाउ पृथ्वी वचाउ’, ‘साइकल चलाउ इन्धन वचाउ’ जस्ता नाराका साथ साइकल र्‍यालीको आयोजना गरी सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल र्‍यालीमा सहभागीहरुलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा सम्बोधन गरे पश्चात साइकल र्‍यालीको शुरुवात गरिएको थियो ।

बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबार मार्ग, लैनचौर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंक वालुवाटारमा पुगेर सम्पन्न भएको छ । उक्त साइकल र्‍यालीमा बैंकका सस्थापक र सञ्चालकहरु तथा प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवात जावत गर्दा विद्युतीय सवारी साधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारी साधनको प्रयोग, साईकलको प्रयोग तथा हिंडेर कार्यालय आवत जावत तथा कार पुलिङ्ग गर्न उत्प्रेरित गरिरहेको छ ।

यस बैंकले आयोजना गरेको यस साइकल र्‍याली  मार्फत वातावरण संरक्षण तथा इन्धन (पेट्रोलियम पदार्थ) वचाउनका लागि विभिन्न विकल्पकहरुको प्रयोग गर्न सन्देश दिन खोजिएको जानकारी गराइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *