खुकुरी रमको ५ बुँदे प्रतिबद्धताः फोहोर शून्यमा झार्नेदेखि बोतल पुनः प्रयोग गर्नेसम्म – Nepal Press

खुकुरी रमको ५ बुँदे प्रतिबद्धताः फोहोर शून्यमा झार्नेदेखि बोतल पुनः प्रयोग गर्नेसम्म

काठमाडौं । दि नेपाल डिस्टिलरिज प्रालि संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो । यो कम्पनीले उत्पादन गरेको स्थापित तथा अग्रणी ब्राण्ड खुकुरी रम हो । सो कम्पनीले विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका लागि ५ बुँदे प्रतिबद्धता जनाएको छ ।

यस्ता छन् ५ बुँदे प्रतिबद्धता

१) हामीले हाम्रा उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेका छौं । यसलाई आगामी ३ वर्षभित्रमा शत प्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता गर्दछौं ।

२) हामी सन् २०३२ सम्ममा शत प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्नेछौं । अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर हाम्रा सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेका छौं ।

३) हामी हाम्रा बोतलहरु पुनः प्रयोग गर्नेछौं । हाल हाम्रा उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेका छौं । अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत हामी अग्रसर छौं । हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन् ।

४) हामी ग्रीन इनर्जीमा समेत काम गरिरहेका छौं । आगामी तीन वर्षभित्रमा हामी ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्याइसक्नेछौं ।

५) एनडीपीएलले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाइमा काम गरिरहेको छ । आगामी दिनहरुमा समेत यो सहकार्य (अभियान) जारी राख्ने प्रतिबद्धता गर्दछौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *