निरन्तर घट्दै सेयर बजार, २ हजार अंकमा झर्‍याे – Nepal Press

निरन्तर घट्दै सेयर बजार, २ हजार अंकमा झर्‍याे

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको छ । बजेटले पूँजी बजार सुधार गर्ने भनेर सम्बोधन गर्दा पनि निरन्तर घटिरहेको हो ।

आज पनि सेयर बजार ३३.७६ अंकले घटेको छ । १.६० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७८.७० अंकमा झरेको छ । आज १ अर्ब ३० करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२६ वटा कम्पनीका ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर खरिद‍बिक्री भएको हो ।

उपकार लघुवित्त सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सो कम्पनीको १० प्रतिशत सेयर मूल्यवृद्धि भएको हो । एनआईसी एशिया बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो बैंकको ६ करोड २३ लाख ५५ हजारभन्दा धेरैको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *