अर्थमन्त्रीको दाबी- शिक्षा र स्वास्थ्यमा थोरै भए पनि बजेट वृद्धि भएको छ – Nepal Press

अर्थमन्त्रीको दाबी- शिक्षा र स्वास्थ्यमा थोरै भए पनि बजेट वृद्धि भएको छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा र स्वास्थ्य क्षेत्रमा थोरै भए पनि बजेट वृद्धि भएको दाबी गरेका छन् ।

बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री शर्माले अघिल्लो आर्थिक वर्षभन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि भएको बताएका हुन् ।

छलफलकै क्रममा नेकपा एमालेका सांसद योगेश भट्टराईले शिक्षा क्षेत्रमा बजेट किन कम भन्दै प्रश्न गरेका थिए ।

अर्थमन्त्री शर्मा गत वर्षको बजेट विनियोजनपछि शिक्षा र स्वास्थ्यमा कमिसन नआउने भएर बजेट घटाएको हुनसक्छ भन्दै प्रतिक्रिया दिएका थिए । एमाले सांसद भट्टराई मन्त्री शर्माको विगतको सोही अभिव्यक्ति लिएर अहिले किन बजेट कम विनियोजन भयो भन्दै प्रश्न गरेका हुन् ।

भट्टराईको प्रतिक्रियामा जवाफ दिँदै मन्त्री शर्माले भने ‘अहिले शिक्षा र स्वास्थ्यमा थोरै भए पनि बजेट वृद्धि गरिएको छ । स्वास्थ्यलाई सुरक्षित गर्न बजेट केन्द्रित भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *